परिचय

आदर्श श्री पशुपतिनाथ कला मन्‍दिर (आश्रीपनकम) एउटा स्‍व-वित्‍त पोषित कल्‍याणकारी संस्‍था हो । कलामन्‍दिर को गठन नेपाली भाषा, कला र संस्कृति को विकास का निमित्तका लागि गरियो |

 

परिचय

आदर्श श्री पशुपतिनाथ कला मन्‍दिर (आश्रीपनकम) एउटा स्‍व-वित्‍त पोषित कल्‍याणकारी संस्‍था हो । कलामन्‍दिर को गठन नेपाली भाषा, कला र संस्कृति को विकास का निमित्तका लागि गरियो | सन् 1976 मा यसको गठन भएको दिन देखिनै कलामन्‍दिरले आफ्नो क्रियाकलापहरू आरम्भ गरि सकेका थियो | 21 अगस्‍त, 1978 मा आश्रीपनकम लाई औपचारिक रूपमा, सोसायटी पंजीकरण अधिनियम 1860 को XXI दिल्‍ली प्रशासन, भारतमा को अंतर्गत पंजीकृत गराइयो ।

दर्शन

भारतीय नेपाली समुदाय र नयां पिढीहरू मांझमा नेपाली कला एवं संस्‍कृतिको व्‍यापक पहिचान बनाउने ।

उद्देश्‍य

यस कलामन्‍दिरका भूतपूर्व संस्थापक तथा अनुभवी कर्मठ सदस्‍यहरूका अथक परिश्रम र प्रतिबद्धता बाट प्रेरित भएर, हामी सम्‍पूर्ण भारत भरी सांस्कृतिक र सामाजिक विकासका कार्यक्रमहरुका माध्यमबाट नेपाली जनसमुह मध्य चेतना ल्याएर हाम्रो नेपाली कला र संस्‍कृतिको जगेर्ना गर्नका लागि समर्पित छौं, साथै संगीत र संस्‍कृतिका झलकहरूको माध्‍यम बाट प्रेम र भ्रातृत्वको (भाईचाराको) संदेश फैल्‍याउने छौँ | भारतमा वसोबास गरीरहेका गरीब पिड़ित नेपाली परिवार हरूलाई सामाजिक सहायता पुरयाउन सदैव तत्‍पर रहने ।

भूमिका

आदर्श श्री पशुपतिनाथ कला मन्‍दिर (आश्रीपनकम, जसलाई माया ले "कलामन्‍दिर" पनि भनिन्‍छ) लाई सन 1995 मा आफ्नो सबै सांस्कृतिक र सामाजिक क्रियाकलापहरूलाई रोक्नु परयो जसको जिम्मेवार अपर्याप्त जनशक्ति, आर्थिकरुपमा कमजोरी हुनु इत्यादि जस्ता अपरिहार्य परिस्थितिहरू थिएँ | यसले गर्दा तत्कालिन कार्यकारी समितिका सदस्यहरूले यस संस्थाका गतिविधिहरूलाई आवश्यक स्रोतहरूको उपलब्धता नहुन्जेल सम्म यसका क्रियाकलापहरूलाई रोकिने निर्णय लिनुभो | कलामन्‍दिरको उत्‍तर प्रदेश स्‍थित मोदी नगरमा पनि एउटा शाखा कार्यालय हुने गर्थयो जुन नेपाली संस्‍कृति को विकासमा धेरै सक्रिय थियो । तर यो शाखा पनि यस्तै कारणहरुले गर्दा बन्द गर्नु परयो ।

हाम्रो विषयमा (विगतका गतिविधिहरू)

कलामन्‍दिर को मुख्‍य उद्देश्‍य नेपाली भाषा, कला एवं संस्‍कृति प्रवर्द्धन गर्ने हो । यी 38 वर्षको अवधि (1976 देखि 1995 सम्म) भित्र कलामन्‍दिर ले दिल्‍ली तथा दिल्‍ली देखि बाहिर पनि धेरै प्रगति र प्रतिष्‍ठा प्राप्त गरेको छ र यसको छबिलाई कायम राख्‍न सफल भएको छ । राजधानीमा विभिन्न नेपाली संगठनहरू भित्र कलामन्‍दिरले आफ्नो उत्कृष्ट सांस्‍कृतिक प्रस्‍तुती प्रदर्शन गरी धेरै ख्‍याती प्राप्‍त गरेको छ ।

संगीत प्रेमी र नेपालीहरु माँझमा नेपाली संगीत र संस्‍कृतिप्रति चेतना ल्याउन उद्देश्‍यले कलामन्‍दिरले सदैव विभिन्‍न अवसरहरूमा सांस्‍कृतिक कार्यक्रम र नाटकहरूको आयोजना गरि रहन्छ | जस्तो कि, धार्मिक नाटक श्री कृष्‍ण लिला, भगवान बुद्ध, भानु भक्त आचार्य जयन्‍ती, सांस्कृतिक साँझ, देउसी/भइलो इत्यादि जस्तै कार्यक्रमहरू प्रस्‍तुत गर्ने गर्दछ | कलामन्‍दिरले यसप्रकार को कार्यक्रमहरूको आयोजनले नेपाली जन समुहमा एक-अर्कोसित चिना पर्ची हुने र आफना घर परिवार झैं महसूस हुने अवसर उपलब्ध गराउंदछ ।

विगतका वर्षहरूमा हाम्रो, सामाजिक तथा सांस्‍कृतिक विकास संबंधी क्रियाकलाप र उपलब्‍धिहरू:-

दिल्‍ली तथा दिल्‍ली बाहिर विभिन्‍न सांस्‍कृतिक कार्यक्रमहरूको आयोजना गरेर कलामन्‍दिरले धेरै विपन्‍न तथा अति आवश्‍यकीय नेपाली जनताहरूलाई सहयोग गर्न सकेको छ । विगतमा गरेका कलामन्‍दिरका केहि क्रियाकलापहरू निम्‍न अनुसार छन्:-

  • दिल्‍लीमा हाम्रा शुभचिन्‍तक कलाप्रेमीहरूले नेपाली तथा अनेपाली संस्‍थाहरूको थुप्रै सांस्‍कृतिक कार्यक्रमहरूमा सहायताको लागि निमन्‍त्रणा गर्ने गर्थे जसमा भारत नेपाल मैत्री संघ, इन्‍टरनेशनल फाईन आर्ट सोसाईटी ऑफ इन्‍डिया, वर्ल्‍डवाईड फ्रेन्‍डसीप एसोसिएसन, नेप्लिज स्‍टुडेन्‍टस् एसोसिएसन, वर्ल्‍ड हेल्‍थ अर्गनाईजेशन, भारत नेपाल युवा मैत्री संघ उत्‍तरप्रदेश र नेपाली भाषा बिज्‍योत्‍सव समिति आदि पर्दछन् ।
  • दिल्‍लीमा भएका विभिन्‍न कार्यक्रमहरूमा हाम्रो देश नेपालको प्रतिनिधित्‍व गरी हामी सम्‍मानित पनि भएका छौं । ती कार्यक्रमहरूमा, दिल्‍ली कमनवेल्‍थ वुमिन एसोसिएसन द्वारा आयोजना गरेको इन्‍टरनेशनल कस्‍टमस् पाजेन्‍टस, वर्ल्‍डवाईड फ्रेन्‍डसीप एसोसिएसन द्वारा आयोजना गरेको नेपाली दिवस कार्यक्रम, भारत नेपाल युवा मैत्री संघ द्वारा आयोजना गरेको नेपाली कार्यक्रम, दशैंको उपलक्ष्‍यमा भारत स्‍थित नेपाली राजदूतावासद्वारा विदेशी कूटनीतिज्ञ तथा विशिष्‍ट पाहुनाहरूको लागि आयोजना गरेको कार्यक्रम इत्यादि हरू छन् | यसका साथै विगत वर्षहरूमा दिल्लीको प्रगति मैदानमा हुने (दक्षेश) दक्षिण एशियाली देशहरूका सामुहिक सांस्‍कृतिक कार्यक्रमहरूमा देशको सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व पनि गरी सकेका छौँ |
  • धार्मिक क्षेत्रमा यस कलामन्‍दिरले विभिन्‍न सामाजिक संस्‍थाहरूलाई सदैव आर्थिक तथा भौतिक सहायताहरू प्रदान गरी आएको छ । सन् 1982 मा आर्थिक सहायता मार्फत यस कलामन्‍दिरले दिल्‍ली स्‍थित शाहदरामा राम दरबार मन्‍दिर निर्माण कार्यमा सहयोग गरेको थियो । राम दरबार मन्‍दिरमा दुर्गा पूजा, शिवरात्री, रामनवमी, सत्‍यनारायण कथा, कृष्‍णाष्‍टमी, बुद्ध पूर्णिमा जस्‍ता पर्वहरू विशेष चाख र आस्‍थाका साथ हरेक बर्ष मनाउने गर्दछ ।
  • सामाजिक क्षेत्रमा, आर्थिक सहायताको निमित्त कलामंदिरले सांस्कृतिक कार्यक्रम आयोजनहरू द्वारा धन संग्रह गरि प्राकृतिक आप्दामा परेका पिडितहरूको सहायतामा सदैव अगाडि रहेको छ |

 

सन १९८२ मा गुजरातका मोरबीमा भयंकर चक्रवातले स्थानीय समुदायहरूमा विध्वंस पारेको थियो | हजारों ज्यानमालको क्षति भयो | यस्तो दुःखको घडीमा कलामंदिरले पनि सांस्कृतिक कार्यक्रमको माध्यमले धन जुटाएर ती बाढ पीडितलाई आर्थिक सहायता हस्तान्तरण गरेको थियो|

  • सन् 1988 नेपालमा भुईंचालोले बृहत रुपमा ज्यानमालको नुक्सान भएको थियो | पिडित जनताको सहायताका लागि प्रधानमन्त्री कोषमा चेकद्वारा राशि पठाईयो | तत्कालिन नेपालका प्रधानमन्त्री श्री मरीच मानसिंह श्रेष्ठ द्वारा धन्यवाद सहित (कदर पत्र) समेत प्रदान गर्नु भएको छ | यस बाहेक विभिन्न किसिमका आफत -विपतमा परेका कईयों पिडित नेपाली जनतालाई सहायता गर्दै आएको छ | यसरी यो कलामंदिर मानवीय हितका लागि सेवा गर्न सबै महानुभावहरूलाई आह्वान र जागृत गर्दछ |

 

दुई दशक अघि यो कलामंदिरका दुई नृत्य कलाकारहरूलाई नेपाल सरकार द्वारा २ बर्षको निम्ति राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, काठमान्डौमा विभिन्न नृत्य आदिका प्रशिक्षणका लागि छात्रवृति समेत प्रदान गरिएको थियो | यो प्रशिक्षणको सहयोगले कलामंदिरले दिल्लीमा उत्कृष्ट प्रस्तुति गर्नमा सफल भएको छ |

हामी को छौं

आश्रीपनकम अथवा कलामंदिर को कार्यकारिणी समितिमा 20 जना सदस्‍य छन् । यी सदस्‍य विभिन्‍न कार्यक्षेत्रहरूमा व्‍यवसायी तथा शिक्षित व्‍यक्‍ति हुन् । यिनीहरु आ-आफ्नो जिम्‍मेदारीहरूलाई कुशलतापूर्वक धानी रहेका छन् । कार्यकारिणी समिति को केवल एउटैमात्र उद्देश्‍य छ ‘’हाम्रो संस्‍कृति, परम्‍परा, कला र समाज को कल्‍याणको निमित्त कार्य गर्ने’’

हाम्रो टोलीका केहि सदस्‍यहरू बहुमुखी प्रतिभाका धनी छन् (उनी गाउन सक्‍छन्, नाच्न सक्‍छन्, अभिनय गर्न सक्‍छन् र वाद्ययंत्र बजाउन सक्‍छन्) तथा उनीहरूमा नेपाली संस्‍कृतिको ज्ञान छ | विविध पारम्परिक नेपाली लोक गीत र नृत्‍य प्रस्‍तुत गर्न अद्द्भुत क्षमता छ ।

आश्रीपनकम को कार्यकारिणी समितिको सदस्‍यहरूको सूची :-

  • श्री राम कृष्‍ण गुरूंग       - अध्‍यक्ष
  • श्री ओम बहादुर थापा      - उपाध्‍यक्ष
  • श्रीमती अंजु थापा         - महासचिव
  • श्री सूरज राणा           - संयुक्‍त सचिव
  • श्री देवेन्‍द्र गुरूंग           - कोषाध्‍यक्ष
  • श्री कृष्‍ण थापा           - सह-कोषाध्‍यक्ष
  • श्री मोहन कुमार गुरूंग     - सांस्‍कृतिक सचिव
  • श्री हेमंत रसाइली         - सह-सांस्‍कृतिक सचिव
  • श्री महीपाल सिंह रावत    - प्रचार सचिव
  • श्री संजय गुरूंग           - सह-प्रचार सचिव
  • श्री हुकुम थापा           - निरीक्षक
  • श्री पूरन सिंह            - खेल सचिव
  • श्री किरण कुमार रसाइली   - कार्यकारिणी सदस्‍य
  • श्री बोध राज शाही        - कार्यकारिणी सदस्‍य
  • श्री अशोक गुरूंग          - कार्यकारिणी सदस्‍य
  • श्री नकुल बिष्‍ट           - कार्यकारिणी सदस्‍य
  • श्री रोहित वोहरा          - कार्यकारिणी सदस्‍य
  • श्रीमती सुषमा गुरूंग             - कार्यकारिणी सदस्‍य
  • श्रीमती नीलम गुप्‍ता       - कार्यकारिणी सदस्‍य
  • श्री गणेश थापा           - कार्यकारिणी सदस्‍य

 

हामी के प्रस्‍तुत गर्छौं ?

कलामन्‍दिर नेपाली कला तथा संस्‍कृतिको विकास गर्ने एउटा सामाजिक संस्‍था हो । सांस्‍कृतिक वा अन्‍य कार्यक्रमहरूको माध्‍यमबाट यो संस्था सदैव नेपाली भाषा तथा संस्‍कृतिको विस्‍तार गर्न प्रयत्‍नशील रहेको छ । कलामन्‍दिर त्‍यस्‍ता कलाप्रेमीहरूलाई सदैव स्‍वागत गर्दछ जो हामीसंग हातेमालो गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्न चाहन्‍छन | यस संस्था भित्र धेरै यस्‍ता कलाकारहरू छन जो नेपाली भाषा, संस्‍कृति, परम्‍परा तथा कलाबाट अनभिज्ञ छन् | हामी भारतको नेपाली समुदायमा नेपाली संस्‍कृति को ज्ञान, साक्षात तथा सुदृढ़ बनाउन प्रबल इच्‍छा राख्दछौं । यसका लागि कलामन्‍दिरले आफुलाई एउटा मंच को रूपमा प्रस्‍तुत गर्द छ । कलामंदिर, कलाकारहरू भित्र लुकेको प्रतिभालाई बाहिर निकालनुमा (गाउने, नाच्ने, अभिनय अथवा वाद्य यंत्र बजाउने जस्‍तो क्षेत्रमा) र त्यस प्रतिभामा निपुण बनाउने र दक्ष बनाउनु तिर प्रयासरत छ ।

कलामन्‍दिर नेपाली कला, संगीत तथा संस्‍कृतिको क्षेत्रमा नयां प्रतिभा को खोज गर्नुमा सदैव प्रयास गरि रहन्‍छ । नेपाली गीत संगीतमा रुचि राख्ने कलाकारहरूलाई यस कलामंदिरमा सदैव स्वागत छ|

 

************