कलामन्दिर किन र कसको लागि?

हामी मानव जाति एकअर्का माथि निर्भर छौं । हाम्रो अन्तरसम्बन्धले हाम्रो जीवन को चक्रलाई पूरा गर्दछ। अंर्तर्निर्भरता को यस चक्रलाई पूरा गर्न समाज को आवश्यकता हुन्छ, कलामन्दिर यस्तै समाज को निर्माण गर्न सक्ने एउटा सम्भावनाको नाम हो ।

कलामन्दिर किन र कसको लागि?

कलामन्दिर भारतमा बसोबास गरिरहेका अथवा भारत मा जन्मेका नेपाली मुलको जनताहरु को लागि एउटा यस्तो मंच हो जसमा:

-    हामी एकअर्का लाई एउटा नेपाली को नाताले हेर्दा छौं

-    कुनै पनि व्यक्ति लाई उसको जाति विशेष संग जोडिएर हेर्दैनौं र भेदभाव गरिदैनौ

-    भारतमा जन्मेको अथवा भारतमा बसोबास गर्ने एउटा ठूलो नेपालीनेटवर्क को हिस्सा हुन पाइन्छ

-    कुनै पनि व्यक्तिको योगदान (कुनै पनि प्रकारको) लाई महत्वपूर्ण मानिन्छ, उसको सामाजिक अवस्था अथवा पद लाई होइन

-    हामी नेपाली जनताको लागि काम गर्दछौं कुनै राजनीतिक संगठनको लागि होइन

-    हामी आफ्नो अंर्तर्निर्भरतालाई मुल्यवान र बलियो बनाउन चाहन्छौं

-    हामी आफ्नो सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन चाहन्छौं

-    हामीले समाज प्रति आफ्नो जिम्मेवारी पूरा गर्न मौका पाउन सक्छौं

-    कसैलाई कुनै पनि प्रकारको आर्थिक वा भौतिक लाभको आश छैन

-    हामी हाम्रो भावी सन्तानहरुलाई नेपाली कला, संस्कृति, भाषा र इतिहास संग परिचित गराउन सक्छौं


यस्तै धैरै उद्देश्यहरूलाई पूरा गर्नको लागि 1977 मा कलामन्दिरको स्थापना भयो र 1978 मा कलामन्दिरलाई सोसाइटी एक्टमा पंजीकरण गराइयो।

 

कलामन्दिरको उद्देश्यहरु :

-    नेपाली कला एवं संस्कृतिको व्यापक पहिचान बनाई राख्ने

-    भारतमा नेपाली समुदायको नयाँ पुस्ताहरु माँझमा भाषा, संस्कृतिको जागरुकता ल्याउने

-    नेपाली कला, संगीत व नृत्यहरुको माध्यमबाट प्रेम र भाईचाराको संदेश फैलाउने

 

तपाईं र मेरो लागि यसमा अर्थात कलामन्दिरमा के छ?

-    नेपाली कला, संस्कृति वा भाषा सित हाम्रो युवावर्गलाई पहिचान गराउने अवसर

-    एउटा शिक्षित, गम्भीर, जिम्मेवार र समर्पित नेपाली समुदाय को सहभागी हुन पाउने

-    कलामन्दिर द्वारा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन पाउने

-    कलामन्दिर द्वारा आयोजित सामाजिक गतिविधिहरु वा कार्यक्रमहरु द्वारा फाइदा पाउन सक्ने

 

“सँगसँगै माथि उठौं, अगाडि बढौं !”